पछिल्ला सूचनाहरुः


संक्षिप्त परिचय

पाँचथर जिल्ला फिदिम नगरपालिका अवस्थित सुन्दर फिदिम नगरीको केन्द्रमा शैक्षिक, भौतिक, आर्थिक एवं व्यवस्थापकीय दृष्टिले विगतदेखि हालसम्म युगसापेक्ष अब्बल इतिहास बनाउन सफल एक मात्र सामुदायिक विद्यालयको रुपमा फिदिम माध्यमिक विद्यालय रहेको छ । सुरुमा वि.सं. २००६ मा स्व. प्रसाद सिं नेम्बाङ्गको सक्रियतामा स्थापित प्रसाद प्राइमरी स्कुल, वि.सं.2016 मा प्रसाद मिडिल स्कुल, वि.सं. २०२१ मा प्रसाद हाईस्कुल, वि.सं. २०२५ मा फिदिम हाई स्कुल हुँदै २०३० सालमा फिदिम व्यवसायिक माध्यमिक विद्यालय र हाल फिदिम माध्यमिक विद्यालयमा रुपमान्तरित यस विद्यालयमा हाल बालविकास केन्द्र देखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यममा शिक्षण क्रियाकलापहरु सञ्चालनमा रहेको छ ।यस विद्यालयको चौतर्फी उन्नयन सबैको आकर्षणको केन्द्र बनेको छ । आजको युग सूचना, प्रविधि तथा विश्व प्रतिस्पर्धाको युग हो । विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु वर्तमानको चुनौती हो । सामुदायिक विद्यालयमा सर्वसाधारण नागरिकको समताूुलक पहुँच, जवाफदेही व्यवस्थापन र सुशासनका पक्षहरुलाई प्रभावकारी बनाई नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसहित आधुनिक शिक्षण विधि मार्फत विद्यार्थीहरुको सिकाई उपलब्धि उच्च बनाउदै विद्यालयको भौतिक तथा शैक्षिक पक्षको विकास गर्न तथा विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धिसहित समाजको विकासमा नेतृत्वदायी भूमिका खेल्न सक्ने नमूना विद्यालयको रुपमा स्थापित गर्न विद्यालयका सरोकारवालाहरु सक्रियताकासाथ अगाडी वढेकोछ । फिदिम माध्यमिक विद्यालय पाँचथर जिल्लाका सवैपालिका तथा छिमेकी जिल्लासमेतका विद्यार्थीहरुको रोजाइको शिक्षालय हो । कक्षा १ भन्दा अगाडी दुई वर्षको शिशुकक्षा, कक्षा ९ वाट प्राविधिक तथा व्यवसायिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ्गका कक्षाकासाथै कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ्गका समूहका विषयहरुको पठनपाठनले विद्यालयको महत्व झनै वढेको छ । विद्यालयमा सेवाको आकार फराकिलो भए सँगै सेवाक्षेत्र पनि निकै फराकिलो छ । पाँचथर जिल्ला मात्र नभई वरिपरीका छिमेकी जिल्लाहरु यस विद्यालयका सेवाक्षेत्र भित्र समेटिएका छन् ।



Rabindra Kumar Nembang

वि.व्य.स. अध्यक्ष

9825900333



Binod Kumar Thakur

प्रधानाध्यापक

9862602050



...................................

सूचना प्रमुख

..........